कोरोना संक्रमणले बुटवलमा थप एकको मृत्यु
बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनी कार्तिक २६ गते देखि अस्पतालमा भर्ना भइ उपचाररत थिए ।
लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना भई उपचाररत थिए।