झापामा कोरोनाले थप एक जनाको मृत्यु
कोरोना संक्रमणले झापामा थप एकजना मृत्यु भएको छ।
झापाकाे बुद्धशान्ति गाउँपालिका ३ का ६८ वर्षीय देवशंकर लावुङको संक्रमणले मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
उनी मंसिर १ गते अस्पताल भर्ना भएका थिए ।
उनको हिजो गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै बुद्धशान्तिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई र झापामा ८७ पुगेको छ ।