देशभर ५०२ संक्रमित थपिए, २८७८ संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा देशभर ५ सय २ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा २ हजार ८ सय ७८ जनाले संक्रमण जितेका छन्।

तिहारका भाइटीकाका देशभरका कुल ३ हजार १ सय १२ नमूना परीक्षण भएकोमा ५सय २ संक्रमित थपिएका हुन् ।

हाल देशभर ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार तथ्यांका अनुसार पछिल्ला दिनमा नमूना परीक्षण सःशुल्क गरेसँग परीक्षण गर्ने क्रम, संख्या र संक्रमित संख्या पछि घट्दो छ ।

तर पोजेटिभ देखिनेदर र उपत्यकाभित्रको संक्रमण दर भने बढ्दो छ ।

यस अवधिमा देशभर १७ संक्रमितको ज्यान गएको छ ।

परीक्षण दर घटेसँगै निको हुने दरसमेत बढेको छ ।

पछिल्लो समय ८४ दशमलव ८ प्रतिशत संक्रमितले कोरोना जितेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका ५ सय २ संक्रमित मध्ये ३ सय ३९ जना उपत्यकाभित्रका हुन ।

पछिल्ला दिनमा उपत्यकामा परीक्षण गरेका सक्रिया संक्रमितको संख्या पनि घटेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १३ हजार ३ सय २१, भक्तपुरमा १ हजार १ सय ३५ र ललितपुरमा २ हजार ७९ जना सक्रिया संक्रमित छन् ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख ११ हजार ४ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कूल १ लाख ७९ हजार २ सय ४२ जनाले संक्रमण जितेका छन् भने कूल १ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय