थप एक संक्रमितको मृत्यु, झापामा कूल मृतक ८५ पुगे

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २ गते १४:००

झापाको अर्जुनधारा नगरपालिका-७ मा मंगलबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै झापामा संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ८५ पुगेको छ।

आज मृत्यु हुनेमा अर्जुनधाराका ७० वर्षीय रामबहादुर श्रेष्ठ छन्। उनको बि एण्ड सी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई हिजो संक्रमण पुष्टि भएको थियो। योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए।

हिजो मात्रै कोरोना संक्रमणबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अर्जुनधारा-६ का ७८ वर्षीय इश्वरीप्रसाद ओली मृत्यु भएको थियो।

झापामा सोमबार एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ का ७८ वर्षीय प्रेमलाल ढकाल छन्। उनको नोबल हस्पिटल विराटनगर उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै भद्रपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय