अब हामी कोरोना रोक्न सक्छौं- मोडेर्नाको खोप ९५ प्रतिशत सुरक्षित

अमेरिकाको अर्को एउटा औषधी कम्पनीले आफूले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।

अमेरिकी कम्पनी मोडेर्नाले सोमबार यस्तो घोषणा गरेको हो।

अत्याधुनिक प्रविधिबाट तयार पारिएको भनिएको यो खोपको नतिजा घोषण गरिएको आजको दिनलाई उनले भाइरसको लडाइँविरुद्ध एक ‘महान दिन’ को रुपमा व्याख्या गरेको छ।

कम्पनीका अनुसार यो खोपले आउँदो डिसेम्बर महिनामै आपतकालीन अनुमति पाउनेछ। त्यसका लागि सबै कागजी प्रक्रियाहरू पूरा भइसकेको उसले दाबी गरेको छ।

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए। उनीहरूलाई दुई पटकसम्म खोप लगाइएको थियो।

‘हामीले चाँडै नै त्यस्तो भ्याक्सिन पाइरहेका छौँ जसले कोभिड १९लाई रोक्नसक्छ’ मोडेर्नाका अध्यक्ष स्टेफन होगले भनेका छन्।

कम्पनीले यसैवर्षको अन्त्यसम्ममा करिब ६ करोड डोज भ्याक्सिन दिनसक्ने बताएको छ।

यसअघि अमेरिकी कम्पनी फाइजरले पनि आफ्नो भ्याक्सिन ९० प्रतिशत सफल भएको दाबी गरेको थियो।

अब यी कम्पनीका अनुसार यही वर्षको अन्त्यसम्ममा करिब एक अर्ब डोज भ्याक्सिन पाउन सकिनेछ।

मोडेर्नाले बिकास गरेको यो भ्याक्सिन भन्डारणका लागि फाइजरको भन्दा सजिलो छ। फाइजरले भ्याक्सिन भन्डारणका लागि माइनस ७० डिग्रीभन्दा धेरै चिसो चाहिने बताएको थियो।

तर मोडेर्नाको यो भ्याक्सिन भने करिब २० डिग्रीमा ६ महिनासम्म राख्न सकिन्छ। राेयटर्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय