गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु
गोरखा अस्पतालमा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
गाेरखाकाे पालुङटार नगरपालिका–७ च्याङ्लीका संक्रमित पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो।
फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए।