देशभर ११९७ संक्रमित थपिए, २९३४ ले जिते कोरोना

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर १ गते १७:१७

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कूल संक्रमित संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ।

यस्तै ३३ हजार ३ सय ७९ सक्रिय संक्रमित रहेका छन्।

सोही अवधिमा दुई हजार ९ सय ३४ जनाले संक्रमण जितेका छन्। योसँगै देशभर कोरोना मुक्त हुनेको कूल स‌ंख्या १ लाख ७६ हजार ३ सयय ६४ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९ जनाले ज्यान गुमाएका छन्। देशभर हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या १ हजार २ सय ३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय