काठमाडौंका १० नगरका कोरोना-अपडेट टोखा सबैभन्दा बढी, शंकरापुरमा कम

कोरोनोको पछिल्लो हटस्पट बनेको उपत्यकामा कार्तिक ३० गतेसम्म कुल संक्रमितको संख्या ९६ हजार ६ सय ५८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्यामात्रै १८ हजार ८ सय ४ छ ।

काठमाडौं महानगरपालिकाका अनुसार महानगरमा कुल २९ हजार ७ सय ४२ संक्रमित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलयले तयार पारेको कार्तिक २८ सम्मको प्रतिवेदनअनुसार काठमाडौं जिल्लामा मात्रै कुल संक्रमितको संख्या ७४ हजार २ सय ७० छ ।

कुल संक्रमित मध्ये काठमाडौं महानगरपालिकामा ३१ हजार २ सय ३३ रहेकोमा ६ हजार ७ सय ९२ एक्टिभ केस छन् ।

तीबाहेकका १० नगरपालिकामध्ये संक्रमित संख्या र केस व्यवस्थापनका आधारमा टोखा नगरपालिका सबैभन्दा अगाडि छ ।

कोरोना परीक्षण भएको आधारमा भने सबैभन्दा बढी चन्द्रागिरी छ । संक्रमितका आधारमा शंकरापुरमा सबैभन्दा कम ३२४ संक्रमित छन् ।

मृतक संख्याका आधारमा महानगरपालिकामा १९४ मृत्यु छ । महानगरपछि बुढानिलकण्ठमा २० र कागेश्वरीमा १३ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय