सीमानाका कोरोना हटस्पट पालिका-जसले यसरी थामे महामारी

लुम्बिनी प्रदेशमा बैशाख १९ गते पहिलो पटक दुर्ई जना कोरोना संक्रमणका बिरामी भेटिए । ति दुई संक्रमितमध्ये एक जना रुपन्देहीका थिए भने अर्का बाँकेका थिए ।

उनिहरु दुबैको ट्राभल हिड्री भारत थियो । त्यसमध्ये रुपन्देहीका कोरोना संक्रमित भारतबाट खुल्ला सीमामा लुकिछिपि नेपाल फर्किएका व्यक्ति थिए ।

कोरोना संक्रमणको सुरुवाती चरणमा लुम्बिनी प्रदेशको सीमा क्षेत्रका स्थानीय तह बढी मात्रामा प्रभावित बने । सीमाबाट लुकिछिपि आउन नदिने, गाउँ फर्किएकालाई खोजी खोजी क्वारेन्टाइनमा राख्ने, उनिहरुको खाने बस्ने व्यवस्था गर्ने पहिलो काम थियो ।

त्यसैगरी उनिहरुको कोरोना परिक्षण गर्ने, पोजेटिभ देखिएमा संक्रमितलाई आइसोलेसनमा राख्ने र समस्या देखिएमा कोरोना अस्पतालसम्म पुर्याउने उनिहरुको अर्को महत्वपूण काम थियो ।

कोरोना महामारीले स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीहरुको निद हराम गरिदिएका थियो ।

त्यसमाथि कोरोना व्यवस्थापनका लागि बजेट व्यवस्थापन र जनशक्तिको अभाव मुख्य समस्या भएको स्थानीय तहहरुको भनाई छ ।

कोरोना महामारीको त्यो समयमा दिनरात नभनी काम गर्दै, सिक्दै गरेको उनिहरुको अनुभव छ ।

स्थानीय तहहरुको भनाईमा उनिहरुलाई सहयोग गर्ने निकाय त्यतिखेर पालिकाभित्र प्रत्यक्ष रुपमा सहयोग गर्ने कोही थिएनन् ।

केन्द्र सरकारले कोरोनाका सूचना संचार माध्यममा सुनाउने र प्रदेश सरकारको निर्देशनमूलक पत्राचार गर्ने बाहेक नजिकका स्थानीय प्रशासनबाट समेत सहयोग नपाएको स्थानीय तहका जनप्रतिनिधीहरु बताउँछन् ।

“कोरोना नियन्त्रणमा जे गरियो पालिकाबाटै गरियो, सीमा क्षेत्रमा पालिकाहरु भन्छन्, संघ, प्रदेश सरकार र स्थानीय प्रशासनले न देखिने गरी सहयोग सल्लाह दिए नत सहयोग नै ।”

प्रहरीसँगै सीमामा स्वयम सेवक परिचालन

अध्यक्ष चन्द्रभुषण यादव

गत जेठको दोस्रो हप्ता गाउँपालिकाको बोगडी माविमा रहेको क्वारेन्टाइन राखिएको बिरोधमा स्थानीयले नारा जुलुस नै गरे ।

गाउँमा क्वारेन्टाइन रहदा आवत जावत हुने र त्यसबाट कोरोना फैलिने हुदा क्वारेन्टाइन हटाउनुपर्ने माग राख्दै स्थानीयले गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव बिरुद्द नाराबाजी गरे ।

किनकी उक्त गाउँ पालिकाका अध्यक्षकै गाउँ थियो । त्यतिबेला गाउँपालिकाको वडा नं. ६ मा रहेको बोगडी माविमा रहेको क्वारेन्टाइनमा अहिले ६९ जना व्यक्ति थिए ।

त्यहाँ भान्सा, सुरक्षा र व्यवस्थापनका लागि गाउँपालिकामा १० जना कर्मचारी खटाइएको छ ।

कोटहीमाई गाउँपालिकाको मझगावामा रहेको क्वारेन्टाइनभित्र कुटपिट हुदा एक व्यक्ति घाईते भए ।

१५२ जना व्यक्ति रहेको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका थिए ।

क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका समयमा समुदायले विरोध गर्ने र क्वारेन्टाइन भित्रै पनि आपसमा कुटाकुट हुने अवस्थाले निकै अप्ठ्यारो पारेको पालिकाका अध्यक्ष चन्द्रभुषण यादव सम्झन्छन् ।

शुरुदेखि नै विरोध आएको थियो अध्यक्ष यादवले भने, महामारीको बेला सहयोग गर्नुपर्नेमा केही व्यक्तिहरुको उक्साहटमा बिरोध गरेर काममा अलमल गरे ।

त्यतिबेला क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आरडिटि परीक्षणका लागि किट अभाव भएको थियो भने कन्ट्याक टे्सिङका लागि पनि पालो कुरेर गर्नुपर्ने अवस्था थियो ।

उनले गाउँपालिकाको तर्फबाट क्वारेन्टाइनमा बत्ति, खानेपानी, शौचालय, ओछ्यान, झुल जस्ता कुराहरुको व्यवस्था गरिको जानकारी दिए ।

क्वारेन्टाइन व्यवस्थित थियो भित्रकाले बिरोध गरेनन्् उनले भने तर स्थानीयहरुले विभिन्न बाहनामा असहयोग गरे । महामारीको समयमा सहयोग गर्नुपर्ने बेलामा असहयोग गर्ने कस्तो राजनैतिक सस्कार हो उनले प्रश्न गरे ।

खुल्ला सीमा क्षेत्र भएको हुँदा प्रहरीसँग जनतालाई परिचालन गरिएको उनको भनाई छ ।

त्यसैगरी क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई ड्युटीमा राख्ने, स्थानीयलाई क्वारेन्टाइन र आइसोलेसनमा भान्से र सहयोगीको रुपमा परिचालन गर्ने काम भएको उनले बताए ।

त्यो बेला त कुरा नगरौं स्वास्थ्य संयोजक कुँवरले भने, खुल्ला सीमा र दक्ष जनशक्तिको अभावका बीच भारतबाट नेपाल फर्किनेलाई जसोतसो व्यवस्थापन गर्यौं ।

खुल्ला सीमा भएको हुँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाई भएको गाउँपालिकाको अनुभव छ ।

पालिकाका स्वास्थ्य संयोजक मानबहादुर कुँवरका अनुसार त्यस क्षेत्रका पालिकाहरुले नेपाल भारत सीमामा सशस्त्र प्रहरीसँगै स्वयमसेवक राख्ने काममा सहयोग गरेका थिए ।

सशस्त्र प्रहरीलाई त्यहाँको स्थानीय परिवेश जानकारी नभएको हुँदा स्थानीयलाई परिचालन गरिएको उनको भनाई छ ।

स्थानीयहरु स्वयमसेवक बनि प्रहरी संँगै गस्ती गरेका थिए भने गाउँमा नयाँ मान्छे आए र भारतबाट मान्छे आएको खण्डमा पहिचान गरि क्वारेन्टाइनमा ल्याइ राख्ने काम पनि उनिहरुले गरेका थिए ।

लुम्बिनी प्रदेशमा पहिलो पटक फेला परेका कोरोना संक्रमितलाई भारतबाट प्रवेश गरेको जानकारी पाएपछि स्थानीयले नै क्वारेन्टाइनमा ल्याएका थिए ।

ति व्यक्तिमा गत बैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उक्त गाउँपालिकामा कुल संक्रमितको संख्या ७८ जना पुगेको छ ।

पालिकाले ४ वटा क्वारेन्टाइन र १ वटा आइसोलेसन बनाई कोरोना रोकथामका लागि पहल गरेको थियो ।

उनका अनुसार गाउँपालिकामा अहिलेसम्म क्वारेन्टाइनबाट ७७८ जना र आइसोलेसनबाट २६ जनाले सेवा लिइसकेका छन् ।

पालिकामा १/१ वटा क्वारेन्टाइन र आइसोलेसन भएपनि गत असोज दोस्रो हप्तादेखि कोरोनाको संक्रमण देखिएको छैन् । उक्त पालिकामा कोरोना संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

पालिकामा सेना परिचालन र क्वारेन्टाइन

इस्तियाक अहमद शाह

बाँकेमा कोरोनाको हटस्पट बनेर सामान्य अवस्थामा फर्किएसकेको छ, नरैनापुर गाउँपालिका ।

कुनै बेला उक्त गाउँपालिकामा कोरोना संक्रमण यसरी फैलिएको हप्तादिन सेना परिचालन गरेरै हिडडुलसम्म बन्द गर्नुपरेको थियो ।

संक्रमित समेत आफुहरुको व्यवस्थापन नभएको भन्दै नाराजुलुस गरेपछि सेना परिचालन गरिएको थियो ।

उनले त्यतिबेला भनेका थिए, सरकार सेना परिचालन गर, नत्र सखाप हुन्छ । पालिकामा आइसोलेसन छैन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स छैनन् संघ र प्रदेश सरकारबाट हेला भयो, उनले भनेका थिए ।

अहिले सामान्य अवस्था फर्केका बेला ती दिन सपना जस्तै लाग्छ, गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई । शाह भन्छन्,–‘कयौं दिन राम्रोसंग निन्द्रा लागेन, एम्बुलेन्स नपाउँदा क्वारेन्टाइनमा बिरामी परेका व्यक्तिलाई उपचार गर्न अस्पताल पुर्याउन नसक्दा मृत्यु भयो ।

गाउँपालिकाका सर्बसाधारणलाई कोरोनाबाट कसरी जोगाउने भन्ने चिन्ताले सताइरहन्थ्यो ।’

जिल्लाकै सबैभन्दा बिकट गाउँपालिकामा फैलिएको महामारीले जिल्लाकै पहिलो पटक एकजनाको ज्यान गएपछि त ठूलै मुद्दा बन्यो । ‘स्वास्थ्यकर्मीको न त गतिलो उपस्थिति थियो न कुनै प्रशासनिक संयन्त्रका अधिकारीको सहज उपलब्धता भएको थियोे । कतैबाट अर्पझट सहयोग नपाएपछि निरासा मात्र छाएको थियो ।’– इस्तियाक शाहले भने ।

उनका अनुसार, प्रदेश र संघीय सरकारबाट शुरुका दिनमा आवश्यक समन्वय नहुँदा समस्या उत्पन्न भएको थियो । पालिका भित्रै एक सय बढी संक्रमित भेटिएपछि संक्रमितलाई राख्ने आइसोलेसन नहँुदा संक्रमित भएका र नभएका व्यक्तिहरु एकै ठाउँमा बस्न बाध्य भएका थिए ।

बाँकेमा स्थानीय तहहरू, स्थानीय प्रशासन र स्वास्थ्यसँग सम्बन्धित निकायबीचको तालमेलमा समस्या नहुँदा महामारी नियन्त्रण समस्याग्रस्त बनेको थियो ।

त्यसको मार नरैनापुर गाउँपालिकामा परेको थियो । सीमा क्षेत्रको गाउँपालिका भएको र नेपालगंजको रुपैडिया नाकाबाट सरकारले औपचारिक रुपमा आवतजावत बन्द गरिदिएपछि नरैनापुर गाउँपालिकाको खुल्ला सीमा क्षेत्र भारतबाट आउने नेपालीले प्रयोग गरेका थिए ।

जिल्लामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । तीन हजार बढि संक्रमित भइसकेका छन् ।

महामारी नियन्त्रणमा प्रदेश र संघीय सरकारबाट तत्काल सहयोग प्राप्त नहुँदा आइसोलेसन निर्माणमा समेत समस्या नभएको होइन ।

सहज ढिलो आउने देखेरै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङ्गको अगुवाईमा सहयोग संकलन नै भयो ।

बिभिन्न क्षेत्रको सहयोगबाट बल्लतल्ल आइसोलेसन कक्ष र भेन्टिलेटर जडान गरिएको थियो । सरकारी सहयोगको प्रतिक्षा गरेको भए समयमै आइसोलेशन बन्नेमा आंशका थियो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मदमोइन खाँले भारतबाट लर्को लागेर आउनेको भिडमा त्रासका बीच काम गरेको सम्झिए ।

खेत खेत र खोल्सा खोल्सीबाट समेत नेपाल भित्रिए उनले भने, शुरुमा एकै पटक सय जनामा संक्रमण देखिदा नियन्त्रण बाहिरै पुग्यो ।

उनका अनुसार पालिकामा भारतबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्न १७ वटा क्वारेन्टाइन संचालन गरिएको थियो । त्यसबाट १२ सय भन्दा बढी व्यक्तिले सेवा लिएको उनको भनाई छ ।

शुरुवादीको अवस्थामा आइसोलेसन नभएको हुँदा संक्रमितलाई केही दिन क्वारेन्टाइनमै राखेर नेपालगञ्ज र कोहलपुरका आइसोलेसनका साथै अस्पतालमा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

सेना परिचालन गरेर पालिकाको नियन्त्रण बाहिर गएको अवस्थालाई नियन्त्रणमा लिइएको उनले बताए ।

अहिले नरैनापुर पालिकाले एक जना डाक्टर र दुई जना स्टाफ नर्सलाई करारमा नियुक्ति गर एक वटा आइसोलेसन संचालन गरेको छ तर कोरोना संक्रमित बिरामी देखिएका छैनन् ।

नरैनापुरमा अहिलेसम्म १२३ जना संक्रमित भएका छन् भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

जनप्रतिनिधि, कर्मचारी र आमा सुमह परिचालन

कपिलवस्तुको यशोधरा गाँउपालिका जिल्लामा कोरोनाको हटस्पट पालिको रुपमा परिचित छ ।

दुई वटा सीमा नाका भएको हुँदा पनि उक्त पालिकामा शुरुवादीका चरणमा भारतबाट नेपाल आउने नेपालीको संख्या र कोरोना संक्रमणका कारण हटस्पट बन्न पुगेको थियो । संख्या अत्यधिक हुदा क्वारेन्टाइन नै कोरोना संक्रमणको केन्द्र बनेको थियो ।

गाउँपालिकाका प्रमुख गिरीजिेश कुमार पाण्डेयका अनुसार स्थानीय प्रशासनले सीमामा कडाइ गरी नेपाल प्रवेश गर्न नदिने आदेश गरेपछि हप्तौसम्म भारतबाट नेपाल आउने नेपालीहरु सीमामै अलपत्र अवस्था रही रहे ।

उनिहरुलाई सीमामा टेन्ट राखेर भारतबाट नेपाल आउनमा रोकिएको थियो ।

सीमामा रोकेको भएपनि गाउँपालिकाले सीमामा अलपत्र रहेका नेपालीलाई खाना नास्ताको व्यवस्थापन गरेको उनी बताउँछन् ।

दिनभर रोके पनि रातको समयमा लुकिछिपी गाउँ प्रवेश गरेपछि उनिहरुलाई खोज्ने र क्वारेन्टाइनमा राख्ने काम निकै चुनौतिपूण बनेको पाण्डेले बताए ।

अझै त्यस समयमा प्रकृतिले समेत दुःख दिएको पाण्डेय सम्झिन्छन् । उनले भने, त्यस समयमा हुरी बतास सहितको पानी परेपछि भने सीमामा अलपत्र परेकाहरुलाई विद्यालयहरुमा ल्याउन बाध्य भइयो ।

उनिहरुको बसाई व्यवस्थापन गर्नु, खाना व्यवस्थापन गर्नु निकै कठिन भएको उनले बताए । त्यस समयमा पालिकाका जनप्रतिनिधीहरु रातदिन नभनेर काम गरेको उनको भनाई छ । तर विपदको समयमा स्थानीय प्रशासन, प्रदेश सरकार र संघ सरकारबाट सहयोग नभएको उनि बताउँछन ।

गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुबेले सहयोग भएन भन्ने हो भने लुम्बिनी प्रदेश सरकारबाट त्यसबेला एक वटा थर्मागन (ज्वरो नाप्ने यन्त्र) पाएको बताए ।

प्रदेश सरकारले एक वटा थर्मागन पठाएको थियो उनले भने, त्यतिवेला सहज रुपमा नपाइने हुँदा त्यो पनि हामीलाई निकै ठूलो राहत भयो ।

शुरुमा तनावका बिच पनि गरिएको धेरै हद सम्मको व्यवस्थापनले संक्रमण नियन्त्रणमा आउन सहयोग पुगेको दुबेले दाबी गरे । “शुरुमा हेल्थ डेस्कमा समाल्हिनसक्नु घुईचो भयो, आरडिटी परिक्षण बारे गलत प्रचार भयो र धेरै जनालाई क्वारेन्टाईन राख्दा केहि व्यवस्थापकिय समस्या देखिए ।” बिगतको समस्या स्मरण गर्दै दुबेले भने ।

आफुहरु दिन रात खटे पनि क्वारेन्टाईनमा बस्ने व्यक्तिले दैनिक भत्ता चाहिने भन्दै अनावश्यक दुख दिएको उनले बताए । “संघले स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता दिएन । पालिकाले हिउदे गाँउसभाबाट पारित गर्ने गरि २५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

तर अहिले सम्म पाईएको छैन ।” उनले थपे । जनप्रतिनिधीको सक्रियता,तिव्र प्रचार प्रसार सार्वजनिक स्थानमा सरसफाईको व्यवस्था र जन परिचालनले कोरोना संक्रमण व्यवस्थापन गर्न सहयोग पुर्याएको संयोजक दुबेले प्रष्ट पारे ।

उनले गाउँ टोलमा आमा समुहलाई समेत कोरोना रोकथाम र व्यवस्थापनमा परिचालन गरिएको बताए । “कोरोना नियन्त्रणमा जे सहयोग भयो पालिका बाटै भयो । त्यसैबाट सार्वजनिक स्थानका सचेतना, सरसफाईका लागी बृहत अभियान चलायौ ।” उनले भने । उक्त अभियानमा जनप्रतिनिधी, कर्मचारी र गाउँ गाउँका आमा समुह परिचालन भएका थिए ।

यशोधरा गाउँपालिकामा ५१ वटा क्वारेन्टाइन संचालन गरिएकोमा त्यसबाट १७ सय बढी व्यक्तिले सेवा लिएका थिए ।

३ वटा आइसोलेसनबाट १६८ जनाले सेवा लिएकामा अरु संक्रमितले भने जिल्ला सदरमुकामका अस्पतालबाट सेवा लिएका थिए । जेठ ३१ यता जिल्लाका संक्रमितको संख्या तिन गुणा बढे पनि यशोधरा गाँउपालिकामा १ सय ७२ जना मात्रै संक्रमित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय