दमकको सरकारी अस्पतालमा आगलागी, एक करोड बढीको क्षति
हिजो शनिबार भएको आगलागीबाट दमक अस्पतालमा एक करोड बढीको क्षति भएको विवरण सार्वजनिक भएको छ ।
झापाको दमक नगरपालिका १ मा रहेको सो अस्पतालमा आगलागी हुँदा उक्त क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यो सरकारी अस्पताल हो ।
विद्युत सर्ट भएर अस्पतालको औषधी भण्डारण कक्षमा आगलागी भएको हो ।
आगलागीबाट औषधीहरु पूर्ण रुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.खड्ग लिम्बुले बताए ।
आगलागी दमक नगरपालिकाको दमकल, अस्पतालका कर्मचारी,प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियोे ।