बाँकेमा थप एक संक्रमितको मृत्यु, कूल मृतक संख्या ७२ पुग्यो

हेल्थपोस्ट/बाँके
प्रकाशित
२०७७ कार्तिक ३० गते १३:२८

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका एक संक्रमित पुरुषको उपचारका क्रममा शनिबार राती नेपालगन्जमा मृत्यु भएको हो।

भजनी नगरपालिका वडा नम्बर ८, कैलालीका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार राती १०:५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

कोरोनाको आशंकामा कात्तिक २१ गते टिकापुर अस्पतालबाट स्वाब संकलन गरी परिक्षणका लागि सेती अस्पताल पठाइएको र २२ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो।

तत्पश्चात २२ गतेदेखि २८ गतेसम्म उनी होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि २८ गते साँझ उनी कैलालीबाट नेपालगन्ज आई भेरी अस्पतालमा भर्ना भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ।

भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिबायोटिक्स, सिप्याप, रेम्डेसिभर, भेन्टिलेटर लगायतका सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार राती १०:५० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ३६ पुगेको छ। यसअघि बाँके जिल्ला भित्रका ३६ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ। जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय