भारतीय अध्ययन भन्छ– चाँडै रेमडिसिभिर दिइयो भने कोरोना संक्रमितलाई बचाउन सकिन्छ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक ३० गते १३:१५

बिरामीमा कोरोना भाइरसका लक्षण देखिएको नौ दिनभित्र रेमडिसिभिर औषधी चलाउँदा मृत्युदर घटाउन निकै फाइदा हुने विश्लेषण भारतको बैंगलोरका डाक्टरहरुले गरेका छन्।

गत २५ जुन र अक्टोबर ३का बीचमा गरिएको एउटा चिकित्सकीय अध्ययनले यस्तो पुष्टि गरेको हो।

जयनगरस्थित एपोलो अस्पतालका डाक्टरले करिब ३५० कोराना संक्रमितमा यस्तो परीक्षण गरेका थिए। एपोलो अस्पताललाई डेडिकेटेड कोराना अस्पताल बनाइएको छ।

लक्षण देखिएको कति दिनभित्र रेमडिसिभिर औषधी चलाउँदा यसले संक्रमण घटाउँछ र यसको प्रभाव कस्तो हुन्छ भन्नेबारेमा डाक्टरहरुले परीक्षण अध्ययन गरेका थिए।

तर, विश्व स्वास्थ्य संगठनले भने रेमडिसिभिरले कोरोनाको उपचारमा प्रभाव नगरेको भन्दै प्रयोग नगर्न सुझाव दिएको थियो।

‘यदि लक्षण देखिएको नौ दिनभित्र हामीले कोभिडका बिरामीलाई रेमडिसिभिर औषधी चलायौं भने त्यसबाट बिरामीलाई केही ठीक हुने तथा मृत्युदरलाई पनि घटाउन मदत हुने हाम्रो अध्ययनले देखाएको छ’ अध्ययनमा संलग्न डाक्टरले भनेका छन्।

मृत्यु भएका ७६ मध्ये ७३ जनामा अरु पनि रोगबाट संक्रमित भएका थिए भने ३ जनालाई सामान्य संक्रमण भएको थियो। त्यस्तै लक्षण देखिएको नौ दिनभित्र रेमडिसिभिर दिइएका मध्ये १७४ जनामा संक्रमण सामँनय भयो।

ढिलोगरी रेमडिसिभिर चलाएका २३ देखि ६३ वर्ष उमेर समूहमा २३ प्रतिशत मृत्युदर देखिएको थियो।

‘लक्षण देखिएको नौ दिनमा रेमडिसिभिर चलाइएका बिरामीमध्ये ढिलो गरी चलाइएकाहरुमा मृत्युदर ३४ प्रतिशत देखियो। यो नौ दिनभित्र रेमडिसिभिर चलाइएका भन्दा धेरै बढी हो,’ अध्ययनमा सहभागी एपोलो अस्पतालका डाक्टर रविन्द्र मेहताले भने।

रेमडिसिभिर एक एन्टिभाइरल खोप हो। अहिले नेपालका कतिपय कोरोना संक्रमितलाई पनि यो औषधी चलाइएको छ।

यो अध्ययनमा डा.समीर बन्सल, डा. सुहिथा ब्यासनी, डा. हरिप्रसाद कल्पकामलगायतको टोली यो अध्ययनमा सहभागी थिए।

‘हामीले यो अध्ययनको प्रतिवेदन सरकारलाई पेश गरिसकेका छौं,’ डा.मेहताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय