टिचिङ र वीर अस्पताललाई एएनएमएफले दियो हाइ फ्लो नजल क्यानुला उपकरण

अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले प्रमुख २ सरकारी अस्पताल त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका लागि ४ वटा हाइ फ्लो नजल क्यानुल (एचएफएनसी) प्रदान गरेको छ ।

एएनएमएफका नेपाल अध्यक्ष डा. भुपेन्द्र बस्नेत, उपाध्यक्ष डा. महेश सिग्देललगायतका पदाधिकारीले दुबै अस्पतालका निर्देशकहरुलाई २/२ थान यस्तो उपकरण उपलब्ध गराए ।

अक्सिजन आवश्यक पर्ने बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन नदिन र प्रभावकारी रुपमा अक्सिजन दिन यो उपकरण महत्वपूर्ण मानिन्छ ।

यस्तो उपकरणको सहायतले प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन दिन सकिन्छ ।

कोभिडका कारण कडा निमोनिया भएका र श्वासप्रश्वासमा कठीनाई उत्पन्न भएका बिरामीलाई एचएफएनसीको प्रयोग र घोप्टेपारेर सुताउने विधिसहितको उपचार निकै प्रभावकारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

विज्ञहरुले पनि आइसियु र भेन्टिलेटरको संख्या बढाउन भन्दा अक्सिजन उपचारका लागि पूर्वाधार बढाउँनमा जोड दिँदै आएका छन् ।

कोरोना संक्रमितको उपचारमा सञ्जिवनी सावित भइरहेको अक्सिजन दिने यी उपकरण २० लाख बराबर मुल्यका हुन् ।

अमेरिकामा कार्यरत मेडिकल प्रोफेसन र अमेरिकामा तालिम लिएर फर्किएका नेपाल चिकित्सकहरुको साझा संस्था एएनएमएफले कोरोना रोकथाम तथा उपचारका लागि सार्वजनिक अस्पताल तथा गैर नाफामुलक संस्थालाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय