देशभर थपिए १९४६ संक्रमित, थप २५०३ ले जिते कोरोना

देशभर पछिल्लो २४ घन्टामा १ हजार ९ सय ४६ कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।

देशभर ३६ हजार ४ सय ५२ सक्रिय संक्रमित रहेका छन्।

आज २ हजार ५ सय ३ संक्रमितले कोरोना जितेका छन्। योसँगै कोरोना जित्ने संक्रमितको कूल संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ।

सोही अवधिमा थप १३ संक्रमितको ज्यान गएको छ। योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार २ सय १५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय