गण्डकीमा कोरोना संक्रमित १० हजार नाघे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

प्रदेशमा शुक्रबार १ सय ७२ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७५ पुगेको छ ।

शुक्रबार प्रदेशका ८ जिल्लामा १ सय ७२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

४ सय ४७ स्वाब परीक्षण गर्दा १ सय ७२ जनालाई पोेजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ७ जना छन् ।

गोरखामा ३५, तनहुँ र स्याङ्जामा ८, नवलपुरमा ७, पर्वतमा ५, बागलुङ र लमजुङमा १÷१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
गण्डकीका कुल संक्रमितमध्ये ४ हजार ९ सय ९९ जना निको भएका छन् ।

४ संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य निर्देशनालय शुक्रबार कास्कीका ४ संक्रमितको निधन भएको पुष्टि गरेको छ ।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका २५ का ७० वर्षीय पुरुषको शुक्रबार गण्डकी मेडिकल कजेजमा निधन भएको हो ।

कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।

पोखरा २० का ८३ वर्षीय पुरुषको बिहिबार होम आइसोलेसनमा निधन भएको हो । उनमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की पोखरा १४ की ६७ वर्षीया महिलाको शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप, मुटुको समस्या थियो ।

कास्की पोखरा १५ की ५४ वर्षीया महिलाको बिहिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या थियो ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १÷१ जना छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय