डा. गोविन्द केसीलाई श्वासप्रश्वासमा समस्या, टिचिङ अस्पतालमा उपचार हुँदै

डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि उनले हिजो त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए।

डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

उनका अनुसार डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

डा. केसीको थप स्वास्थ्य परीक्षण भइरहेको उनले बताए।

केसीलाई डा. सुबास आचार्यको टिमले हेरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय