अमेरिकाले १०० थान भेन्टिलेटर नेपाललाई दियो

कोरोना उपचारको लागि अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् ।

दुर्गम क्षेत्रका मानिसको उपचारमा सहयोग पुग्ने हिसाबले भेन्टिलेटर सहयोग गरेको राजदुत बेरीले बताए।

मन्त्री भानुभक्त ढकालले अमेरिकाले दिएको भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयलाई दिइने छ। उनका अनुसार सातै प्रदेशलाई ७—७ वटाका दरले वितरण गरिने छ । बाँकी सरकारी अस्पतालमा २—२ वटाले दर दिइने मन्त्री ढकालले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय