गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य पोखरेलद्वारा राजीनामा
गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा.जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिइएको बताएका छन्।
डा.पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनुजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखिएको विज्ञप्ती मार्फत जनाएका छन्।
उनले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिइए पनि आफूले प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।