कोरोनाबाट झापामा थप एकको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका ६ का भीम न्यौपानेको कोरोना संक्रमणका कारण शुक्रबार मृत्यु भएको छ।
६२ वर्षीय न्यौपानेको उपचारका क्रममा बिएण्डसी हसिपटल बिर्तामोडमा मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको भेन्टिलेटर राखेर उपचार गरिँदै थियो।
नेपाली सेनाले मृतकको शव अन्तेष्टीको तयारी गरिरहेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए।
हालसम्म शिवसताक्षीमा कोरोनाका संक्रमणका कारण एक महिला सहित मृत्यु हुनेको पाँच पुगेको छ। झापामा ७५ जनाको मृत्यु भइसकेको छ।