भ्याक्सिन आयो भने‌…

नेपालमा कोरोनाविरुद्ध भ्याक्सिन आए कूल जनसंख्याको २० प्रतिशतले निःशुल्क लगाउन पाउँनेछन्।

यो विश्व विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार हो। खोप बनाएका हरेक कम्पनीले संगठनमा आबद्ध सबै १ सय ९८ देशका लागि २० प्रतिशत खोप अनिवार्य छुट्टयाउनुपर्छ।

नेपालमा आउनसक्ने खोप त्यहीमध्येको हो।

तर, सरकारले भ्याक्सिन किन्न सके सबैलाई निःशुल्क दिन पनि सक्छ।

खोपविज्ञ डा। श्यामराज उप्रेतीका अनुसार अहिलेसम्म सरकारको योजनामा ७२ प्रतिशत नागरिकलाई कोरोना खोप दिइने छ।

कोभ्याक्स र विश्व स्वास्थ्य संगठनसँग खोपका लागि समन्वय गर्न सरकारले उप्रेतीको संयोजकत्वमा एउटा समिति बनाएको छ।

‘५२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सरकारले रकम जोहो गर्नुपर्छ,’ डा। उप्रतीले आयोमेलसँग भने, विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिन प्रयोगका लागि सिफारिस ग¥यो भने नेपालजस्तो देशमा कोभ्याक्समार्फत् २० प्रतिशत जनसंख्याले निःशुल्क पाउँछन्।’

उनले भ्याक्सिन भण्डारण, भ्याक्सिनको पहुँच कसरी पु¥याउने लगायत विषयमा अध्ययन भइरहेको बताए।

‘बालबालिकाका लागि भ्याक्सिन कत्तिको सुरक्षित छ भनेर अहिलेसम्म अध्ययन भएको छैन। अहिलेसम्म सरकारको योजनामा ७२ प्रतिशत नागरिकलाई कोरोना भ्याक्सिन दिइने छ,’ उनले भने।

जोखिममा रहेका नागरिकले पहिलो चरणमा भ्याक्सिन लगाउन पाउनेछन्। त्यस्तै स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा पर्नेछन्।

अहिलेसम्म पनि कोरोना भाइरस रोकथामविरुद्धको खोप प्रभावकारिता र सुरक्षा सुनिश्चितता हुन सकेको छैन।

अहिले १० वटा भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छन्। अहिलेसम्म कुनै पनि भ्याक्सिनले लाइसेन्स पाउन सकेका छैनन्।

विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिन प्रयोगका लागि सिफारिस ग¥यो भने नेपालजस्तो देशमा कोभ्याक्समार्फत् २० प्रतिशत जनसंख्याले निःशुल्क पाउँछ।

कुनै पनि देशमा लाइसेन्स भएको भ्याक्सिन बने नेपालले खरिद गर्नसक्छ। विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बनिहाले औषधी व्यवस्था विभागले लाइसेन्स तयार गरेर बस्नुपर्छ।

भ्याक्सिन तयार हुँदैछ, कुनै बेला सिफारिस होला, त्यो अवस्थामा विभागले सबै तयारी पूरा गरेको हुनुपर्छ।

तयारी अवस्थामा रहेका भ्याक्सिनमध्ये विश्व स्वास्थ्य संगठनले जसलाई चाँडै अनुमति दिन्छ, त्यही भ्याक्सिन विश्वभर पुग्नेछ।

‘भ्याक्सिन जति आवश्यक प¥यो त्यति पाइँदैन। त्यो भ्याक्सिन सस्तो पनि हुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय