‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नाराका साथ राष्ट्रिय आरोग्य दिवस मनाइँदै

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस वर्षको धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आरोग्य दिवसलाई ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’भन्ने मूल नाराका  दिवस मनाउने भएको छ।

दिवसको अघिल्लो दिन बिहीबार विभागले जीवनशैली परीक्षण तथा स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी मोबाइल एप्लिकेसन‘मेरो स्वास्थ्य,मेरो जिम्मेवारी’ समेत सार्वननिक गरेको छ।

मोबाइल एप्लिकेसनले स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराको जानकारी दिने छ। जसमा प्रयोगकर्ताले सोधिएका प्रश्नको उत्तर दिनुपर्ने छ।

एप्लिकेसनमा योग अभ्यास जडिबुटी र घरेलु उपचारका बारेमा जानकारी दिने छ।

विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले मोबाइल एप्लिकेसन सार्वजनिक गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा जडिबुटी मात्रै नचभई जीवनशैली भएको बताए।

‘आयुर्वेद जडिबुटी मात्रै होइन जीवनशैली हो,यसको सहि प्रयोगले जीवन सुरक्षित र स्वास्थ रहन्छ, ‘उपाध्यायले भने,‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो ठानेर जडीबुटीको सदुपयोग गरौं आयुर्वेद अमृत हो।’

उनले आयुर्वेदको प्रचलन परापूर्व कालदेखि रहदै आएको भन्दै धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आरोग्य दिवसलाई स्वास्थ्यका लागि प्रण लिने दिवसका रुपमा मनाउन समेत आग्रह गरे।

‘आयुर्वेद तथा जडीबुटी कोरोना भाइरसको औषधी हो भनेका छैनौं। तर,यसले मानिसको रोगसँग लड्ने क्षमता बढाई भाइरसलाई रोकथामको काम गर्छ’उनी भन्छन्।

उपाध्यायले स्वास्थ्यप्रति सरकार, अस्पताल र डाक्टरभन्दा व्यक्ति नै जिम्मेवार हुनुपर्ने जानकारी दिए।

आफ्नो स्वास्थ्यप्रति आफै जिम्मेवार हुनुपर्ने भन्दै सरकार अस्पताल डाक्टर र अन्य निकायको काम तथा जिम्मेवारी अन्तिम समयमा रहने जिकीर गर्छन्।

उनले हालसम्म आयुर्वेद उपचार प्रणालीबाट ६५ हजारबढीले सेवा लिइसकेको जानकारी दिए।

आयुर्वेद चिकित्सक संघका अध्यक्ष प्रकाश ज्ञवालीले आयुर्वेदको औषधीको प्रयोग तथा सेवन महत्वपूर्ण देखिएको भएपनि अनावश्यक रुपमा प्रयोग गर्दा समस्या भएको बताउँछन्।

‘जडिबुटीको सेवन स्वास्थ्यका लागि सर्वोतम हो तर यसको जथाभावी प्रयोगले केअि घाटा र्न सक्छ, यसको सेवन र प्रयोग गर्दा चिनेर, सफा गरी र गुणस्तर हेरेर मात्रै प्रयोग गरौं’उनले भने।

उनले शास्त्रमा उल्लेख नगरिएका र विज्ञानले पुष्टि नगरेका आयुर्वेद औषधी तथा जडीबुटी सेवन नगर्न समेत आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय