बिहिबार १ हजार ९१३ संक्रमित थपिए, १५ जनाको मृत्यु
बिहिबार देशभर १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सहित नेपालमा संक्रमित संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्।
आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११८९ पुगेको छ।