कोरोनाको खोप सम्बन्धि प्रस्ताव र कार्ययोजना स्वीकृत
मन्त्रिपरिषद बैठकले कोरोना भाइरसविरुद्ध प्रयोग हुने खोप सम्बन्धि प्रस्ताव र कार्ययोजना स्वीकृत गरेको छ।
यस्तै, बैठकले कोरोना संक्रमितको उपचार वापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउने तेस्रो संसोधन आदेश स्वीकृत गरेको छ। योसँगै कोभिड संक्रमितको उपचार र परिक्षण निशुल्क हुनेछ।