एक नर्स जसले आठ शिशुको हत्या गरिन्

ब्रिटेनकी एक नर्समाथि आठजना शिशुको हत्या तथा अन्य १० शिशुको हत्या प्रयास गरेको आरोप लागेको छ।

ब्रिटेनको चेस्टर अस्पतालमा कार्यरत ३० वर्षीया नर्स लुसी लेटबीमाथि आठजना नवजात शिशुको हत्या गरेको आरोप लागेको हो। प्रहरीले लेटबीलाई पक्राउ गरेको छ।

लेटबीलाई यसअघि पनि सन् २०१८ र २०१९ मा छानबिनका लागि प्रहरीले पक्राउ गरेको थियो।

२०१५ जुनदेखि २०१६ जुनसम्म अस्पतालमा उनले आठ शिशुको हत्या र १० शिशुको हत्याको प्रयास गरेको आरोप उनीमाथि छ।

लेटबीलाई प्रहरीले बिहीबार वारिङ्गट मेजिस्ट्रेट अदालतमा पेश गर्ने भएको छ।

सन् २०१७ देखि सुरु भएको अनुसन्धानको क्रममा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय