कोरोना नियन्त्रणमा भरतपुर महानगरको ४ करोड बढी खर्च

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाले ४ करोडभन्दा बढी रकम खर्च गरेको छ । क्वारेन्टिन व्यवस्थापन देखि कन्ट्रयाक ट्रेसिंडसम्मको लागि ४ करोड २० लाख १२ हजार ९ सय ५२ रुपैयाँ खर्च गरेको हो।

महानगरले क्वारेन्टिन निमार्ण र व्यवस्थापन, कोभिड १९ अस्पताल निर्माण, स्वास्थ्य सामाग्री उपकरण औषधी खरिद, आवास तथा खानपिन र राहत सामाग्री शिर्षकमा खर्च गरेको छ। जसमा सबैभन्दा बढी भरतपुर कोभिड १९ अस्पताल निर्माण गर्न १ करोड २७ लाख ७७ हजार २ सय रुपैयाँ खर्च भएको छ।

असार मासान्तसम्म आवास तथा खानाका लागि ५१ लाख ९८ हजार ५ सय ६ रुपैयाँ खर्च भएको महानगरका विपद् शाखा प्रमुख जीवलाल कुँवरले जानकारी दिए। साउन पछिको भने आवास तथा खाना शिर्षकमा रकम छुट्टाइएको छैन।

क्वारेन्टिन निर्माणमा ४२ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ । महानगरले २९ वडामा ६ सय ५४ बेड क्षमताको क्वारेन्टिन तयार गरेको थियो । त्यसमध्ये शैक्षिक तालिम केन्द्रमा रहेको १ सय ५८ क्षमताको क्वारेन्टिन मात्र सञ्चालनमा छ। अहिलेसम्म महानगरको क्वारेन्टिनमा १ हजार ५ सय ८६ जना बसेका छन्।

बागेश्वरी आइसोलेशन सञ्चालन गर्न ५४ लाख ९८ हजार २ सय ३८ रुपैयाँ खर्च भएको छ । स्वास्थ्य सामाग्री उपकरण औषधीमा अन्य शिर्षकमा भन्दा कम खर्च देखिन्छ।

हालसम्म ९लाख ८५ हजार ३ सय २४ रुपैयाँ खर्च भएको कुँवरले जानकारी दिए। महानगरले ८७ लाख ५७ हजार ६ सय १९ रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ।

कोरोना व्यवस्थापनका लागि प्रदेश सरकार, सांसद विकास कोष र विभिन्न सहयोगी संघसंस्थाले ४ करोड ५३ लाख ६ हजार रुपैयाँ सहयोग गरेका छन्। बाग्मती प्रदेशले २ करोड २० लाख, सांसद विकास कोषबाट २५ लाख ९० हजार र विभिन्न सहयोगी दाताले ७ लाख १७ हजार रुपैयाँ कोरोना व्यवस्थापनका लागि महानगरलाई उपलब्ध गराएका छन्।

यस्तै महानगरपालिकाको बजेटबाट २ करोड रुपैयाँ कोरोना उपचारका लागि विनियोजन गरिएको विपत व्यवस्थापन शाखा प्रमुख कुँवरले जानकारी दिए।

महानगरपालिकाले अहिलेसम्म ५ हजार ४ सय १२ जनाको स्वाव संकलन गरेको छ। त्यसमध्ये ८ हजार जनाको कन्ट्याक ट्रेसिङ गरिएको स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदीले जानकारी दिए।

अहिले भने कन्ट्याक ट्रेसिङ गरेको छैन। सरकारले कोरोना परीक्षण सःशुल्क भनेपछि कन्ट्याक ट्रेसिङ नगरिएको सुवेदीले जानकारी दिए।

‘कार्तिक ३ गते सरकारले शःशुल्क पिसिआर गर्न आदेश दियो। पैसा तिरेर पिसिआर परीक्षण गर्नु भन्न नैतिक रुपमा अप्ठ्यारो हुँदो रैछ’,उनले भने, ‘अहिले बागेश्वरी आइसोलेसनमा रहेका संक्रमितको निःशुल्क परीक्षण गरिदिने गरेका छौँ।’

महानगरले कन्ट्याक ट्रेसिङका लागि केश अनुसन्धान तथा कन्टयाक टेसिक टिम नै बनाएको छ। जसमा १० जना नियमित कन्ट्याक ट्रेसिङमा खटिने गरेका थिए ।

अहिले कन्ट्याक ट्रेसिङ हुन छाडेपछि कोरोना संक्रमित घट्दै गएको सुवेदीले जानकारी दिए। दैनीक १ सय ५० को हाराहारीमा संक्रमित देखिदै आएको जिल्ला अहिले ५० को हाराहारीमा मात्र संक्रमित देखिएका छन्।

महानगरले ६९ हजारको जरो परीक्षण गरेको छ। परीक्षण गरेका मध्ये ७ सय ८२ जनामा कोरोना पुष्टि भएको महानगरको तथ्याङ्कमा उल्लेख छ। महानरपालिकामा

बुधवार साँझसम्म ३ हजार ५ ८३ संक्रमित भएका छन् । अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ६७ पुगेको छ।

भरतपुर महानगरले बैदेशिक रोजगारी तथा शिक्षामा भारत तथा अन्य मुलुकहरुमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा समेत राख्ने गरेको थियो। महानगरका बैदेशिक

रोजगारीमा २५ हजार ५ सय ७९ जना रहेका छन्। कोरोनाको महामारीको समयमा १ हजार ९ सय ७७ जना बैदेशिक रोजगारबाट फिर्ता भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय