देशभरि ४ हजार ७ सय स्वास्थ्यकर्मी संक्रमित, उपचारको दायित्व लिँदैन सरकार

नेपालमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्न थालेको छ।

देशभर कोरोना संक्रमित बढिरहेका बेला फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ।

कोभिड–१९ अस्पताल, परीक्षण गर्ने प्रयोगशाला, होम आइसोलेसन, क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

हालसम्म देशका ६८ जिल्लामा कार्यरत ४ हजार ६ सय ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयबाट उपलब्ध भएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै २ हजार २ सय ७६ जना स्वास्थ्य जनशक्तिमा संक्रमण देखिसकेको छ।
दश जिल्लामा १ सयभन्दा बढी स्वास्थ्यकर्मी छन्।

जसमध्ये काठमाडौंमा १ हजार ५ सय ७१, ललितपुरमा ४ सय ८०, चितवनमा ३ सय ८५, भक्तपुरमा २ सय २५, सुर्खेतमा १९३ रहेका छन्।

त्यसैगरी, मोरङमा १ सय ८४, पर्सामा १ सय ६०, बाँकेमा १ सय ५५, काभ्रेमा १ सय ५३ र रुपन्देही १ सय ४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

तर, मन्त्रालयसँग हालसम्म कति स्वास्थ्यकर्मी संक्रमणमुक्त भइसकेका छन् भन्ने कुनै तथ्यांक रहेको छैन।

सरकारले स्वास्थ्यकर्मीमा सुरक्षा सामग्रीको व्यवस्थापन राम्रो नगर्दा संक्रमणको दर बढिरहेको स्वास्थ्यकर्मी संगठनहरूले बताउँदै आएका छन्।

सुरूका दिनदेखि नै सरकारले गुणस्तरीय सामग्री नदिएको कारण स्वास्थ्य जनशक्तिमा संक्रमण बढ्दै गएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले बताए।

‘कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण हुँदा सरकार उपचार गर्दैन,’ घिमिरेले भने, ‘सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यकर्मीको बेड अभावले मृत्यु भइरहेको छ।’

संक्रमित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र आइसोलेसनमा नराख्दा अरु जनशक्तिमा संक्रमण फैलिरहेको घिमिरेको तर्क छ।

‘स्वास्थ्यकर्मीको उपचार गर्ने दायित्व लिन सरकार तयार छैन। समस्या लिएर जाँदा स्वास्थ्य मन्त्रालयबाट उल्टै थर्काइ खानुपर्छ,’ घिमिरे भने, ‘स्वास्थ्य सचिवले तिमीहरूलाई १२—१८ महिनाको तलव दसैंमा घर लैजान मात्र दिएको हो? त्यही पैसाले उपचार गर्नुपर्छ भन्ने जवाफ दिन्छन्। सकारबाट यस्तो जवाफ पाएपछि स्वास्थ्यकर्मीको मनोदशा कस्तो हुन्छ।’

सरकारले गरेको यस्ता व्यवहारले स्वास्थ्यकर्मीमा मनोबल घट्दै गएको घिमिरे बताउँछन्।

कुन जिल्लामा कति स्वास्थ्यकर्मी संक्रमित?
१.अछाम : ४६
२.अर्घाखाँची : १८
३.बाग्लुङ : १३
४. बैतडी : ०
५. बझाङ : १
६. बाजुरा : ७
७. बाँके : १५५
८. बारा : ४९
९. बर्दिया : ३७
१०. भक्तपुर : २२५
११. चितवन : ३८५
१२. डडेलधुरा : ४
१३. दैलेख : १६
१४. दाङ : ५९
१५. दार्चुला : १
१६. धादिङ : १९
१७. धनकुटा : ४
१८. धनुषा : ६८
१९. दोलखा : १
२०. डोटी : १
२१. गोरखा : ३
२२. गुल्मी : १२
२३. इलाम : १
२४. जाजरकोट : ८
२५. झापा : ३२
२६. जुम्ला : ७४
२७. कैलाली : २८
२८. कालीकोट : ३
२९. कञ्चनपुर : ८
३०. कपिलवस्तु : ६२
३१. कास्की : ३४
३२. काठमाडौं : १५७१
३३. काभ्रे : १५३
३४. खोटाङ : १
३५. ललितपुर : ४८०
३६. लमजुङ : २७
३७. महोत्तरी : १९
३८. मनाङ : ५
३९. मोरङ : १८४
४०. मुस्ताङ : ०
४१. म्याग्दी : १
४२. पुर्व नवलपरासी : १२
४३. पश्चिम नवलपरासी : २६
४४. नुवाकोट : १०
४५. ओखलढुगां : १
४६. पाल्पा : ७३
४७. पर्वत : १२
४८. पर्सा : १६०
४९. प्युठान : ३५
५०. रामेछाप : ४
५१. रसुवा : १
५२. रौतहट : १८
५३. रोल्पा : २
५४. रुकुम पुर्व : १
५५. रुपन्देही : १०४
५६. सल्यान : ४
५७. सप्तरी : २१
५८. सलार्ही : २३
५९. सिन्धुली : ११
६०. सिन्धुपाल्चोक : ४
६१.सिराहा : २६
६२. सोलुखुम्बु : २
६३. सुनसुरी : ९०
६४. सुर्खेत : १९३
६५. स्याङ्जा : ५
६६. तनहुँ : १५
६७. ताप्लेजुङ : १
६८. उदयपुर : ५
जम्मा ४६८४

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय