उपत्यकामा मात्रै ९३ हजार संक्रमित

काठमाडौं उपत्यका कोरोना संक्रमणको थप जोखिम बन्दै गएको छ। उपत्यकामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।

कोरोना भाइरस संक्रमितको संख्या उपत्यकामा ९३ हजार पुगेको छ।

हालसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ९२ हजार ७ सय ३१ जना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ७५ हजार ३ सय १७, ललितपुरमा १० हजार ६ सय ७५ र भक्तपुरमा ६ हजार ७ सय ३९ जना संक्रमण पुष्टि भइसकेको छ।

मुख्यतः बाक्लो बस्ती, भौतिक दुरी कायम नहुनु, कन्ट्रयाक्ट ट्रेसीङ पर्याप्त नहुनुलगायत कारण जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

त्यसैगरी, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ लाख २ हजार ३२९ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार थप २ हजार ५ सय ६९ थपिएसँगै कूल संख्या २ लाख नाघेको हो।

जसमध्ये आज काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।

बुधबार देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय