कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयसँग ६ अर्व

स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याएको छ।

आर्थिक वर्ष २०७७र७८ को लागि सरकारले ६ अर्ब ८१ करोड ५९ लाख २६ हजार रकम विनियोजन गरेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

कहाँ कति ?

डा. प्रवक्ता गौतमका अनुसार हाई डिपेडेन्सी युनिटको लागि ३ अर्ब २५ करोड छुटाइएको छ।

त्यसैगरी, प्रयोगशाला व्यवस्थापन तथा परीक्षणमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्राय ट्रेसिङ, जोखिम भत्ताको लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार र आइसियु, भेन्टिलेटर र अस्पताल व्यवस्थापनमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय