स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निशुल्क हुन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालबाट कोरोना उपचार निशुल्क हुने जनाएको छ।

बुधबार प्रेस अपटेड मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सो जानकारी दिएका हुन्।

सरकारले सुचीकृत गरेको सरकारी अस्पताबाट  कोरोना उपचार तथा परीक्षण निशुल्क हुने डा. गौतमले बताए।

यसअघि सरकारले आफ्नै खर्चमा उपचारमा गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो।

सर्वोच्च अदालतबाट पनि सम्पुर्ण नागरिकको उपचार गर्नुपर्ने आदेश पाएपछि सरकारले सो निर्णय गरेको हो।

‘सरकारी प्रयोगशाला र अस्पतालमा कोरोनाका लक्षण देखिएका बिरामीको परीक्षण र उपचार निशुल्क गरिने छ,’ डा. गौतमले भने,‘तर, उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएको सबै परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने छ।’

कोरोना उपचार गर्न समक्ष रहेको व्यक्तिले योगदान गर्न सकिने डा. गौतमले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय