बुधबार थप कोरोनाबाट २६ जनाको मृत्यु

नेपालमा थप कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। मन्त्रालयको अनुसार आज थपिएका सहित २ लाख २ हजार ३२९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ थपिए सँगै कुल संख्या २ लाख नाघेको हो।

मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।

आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय