नेपालमा कोरोना संक्रमित २ लाख नाघे, १ लाख ६२ हजार २४३ जना निको भए
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ लाख २ हजार ३२९ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ थपिए सँगै कुल संख्या २ लाख नाघेको हो।
मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्।
आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।