दोस्रो संक्रमणमा ‘इम्युनिटी’ ले छिटो र बलियो प्रतिरोध गर्छ

एकपटक कोरोना भाइरस संक्रमण भइसकेको व्यक्तिलाई पुनः संक्रमण भए छिटो निको हुने प्रमाण भेटिएको छ।

वैज्ञानिकहरूका अनुसार पुनः संक्रमणबाट शरीरमा भाइरस भेटिए ‘इम्युन सिस्टम’ ले छिटो र बढी प्रभावकारी प्रतिरोध गर्नसक्छ।

न्युर्योकस्थित रकफिलर विश्वविद्यालयले गरेको अध्ययनअनुसार इम्युन सिस्टमले भाइरस पहिचान गर्नेमात्र होइन, रोगसँग लड्न सक्ने क्षमता ‘एन्टिबड’ को पनि छिटो विकास गर्ने पाइएको छ।

दोस्रोपटक भाइरस शरीरमा छिरे त्यसलाई आक्रमण गरी खत्त गर्ने क्षमता पनि राख्दछ।

‘यो एकदम राम्रो समाचार हो,’ मोलिक्युलर इम्युनोलोजी डिपार्टमेन्टका प्रमुख मिसेल नुसेन्जविगले भने, ‘मानिसले दु्रतरूपमा एन्टिबडी बनाउन सकोस् र धेरै संख्यामा संक्रमण प्रतिरोध गर्न सकोस् भन्ने अपेक्षा गरिएको छ।’

इम्युन सिस्टमले भाइरसलाई कति समयसम्म सम्झिरहन्छ र सोहीअनुसार क्षमता वृद्धि गर्छ भन्ने यकिन छैन तर नुसेन्जविगले केही वर्षसम्म शरीरलाई बचाइराख्न सक्ने बताए।

पुनः संक्रमण एकदमै कम  

जब मानिसलाई कोरोना संक्रमण हुन्छ, इम्युन सिस्टमले भाइरसलाई आक्रमण गर्न विभिन्न खालका एन्टिबडी उत्पादन गर्छ।

एकखालको सुरक्षा गर्न ‘टि’ नामक कोषिकाले काम गर्दछ। यसले संक्रमण भएका कोषिका खोजेर नष्ट गर्दछ र अन्य ठाउँमा फैलनबाट जोगाउँछ।

अर्को सेल हो ‘बि’ कोषिका जसले रगतमा एन्टिबडी पठाउने काम गर्दछ। एन्टिबडीले भाइरसलाई कब्जामा लिन्छ र कोषिकाहरूलाई नष्ट गर्नबाट रोक्छ।

संक्रमण हटिसकेपछि इम्युन सिस्टम प्रतिरक्षा प्रणालीमा खडा हुन्छ, तर उक्त भाइरसलाई सधैं याद राख्दछ, विशेष गरी ‘टि’ र ‘बि’ कोषिका मेमोरीमा बस्छ।

विभिन्न अध्ययनका अनुसार पहिलो संक्रमणविरुद्धको एन्टिबडी केही महिनाभित्रै हराएर जान्छ, जसका कारण मानिसमा इम्युनिटी कम भएर जान्छ।

८७ कोरोना संक्रमितमा गरिएको अध्ययनमा तिनीहरूको एन्टिबडी बिलाएर गएको देखिएको छ तर त्यो यति धेरै चिन्ता लिनुपर्ने विषय नभएको अनुसन्धानकर्ताहरूले बताए।

‘हाम्रो रोगसँग लड्न सक्ने क्षमता सामान्य बेलामा तल झर्छ र जब शरीरमा नयाँ भाइरस वा रोग भित्रिन्छ तिनीहरु सजग भएर आक्रमण गर्न तयार हुन्छन्,’ इम्युनोलोजीका प्राध्यापक आर्नी अकबरले भने।

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय