कर्णाली प्रदेश अस्पतालमा लेजर प्रविधिबाट मार्फत पत्थरी निकाल्ने सेवा सुरु

हेल्थपाेस्ट/सुर्खेत
प्रकाशित
२०७७ कार्तिक २६ गते ११:५०

कर्णालीको प्रदेश अस्पतालमा अब लेजर प्रविधिबाट मृगौलाको पत्थरी निकाल्ने सेवा सुचारु भएको छ ।

एक करोड २७ लाख रुपैयाँ लागतमा अस्पतालमा लेजर प्रविधि मेशीन भित्रिएपछि मृगौलामा पत्थरी भएमा शल्यक्रिया गर्नुपर्ने झन्झट हटेको छ ।

लेजर प्रविधिले विना शल्यक्रिया मार्फत नै पत्थरी निकाल्न सकिने भएकाले सेवा विस्तार गर्न थप सहज हुने अस्पतालका निर्देशक प्रा. डा डम्बर खड्का बताए।

उनका अनुसार होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीलाई सेवा प्रवाह गर्नमा थप सहज हुनेछ।

यो सेवा मार्फत कर्णालीका धेरै नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्,’ डा. खड्काले भने, ‘यस प्रविधिले ढुङ्गालाई सिधै धुलो बनाई पिसाबका माध्यमबाट बाहिर पठाउने गर्छ।’

कर्णालीमा पहिलोपटक यो प्रविधि भित्राइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय