जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीले मन्त्रालयमा गरे नाराबाजी

वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्य मन्त्रालयमा नाराबाजी गरेका छन्।

मन्त्रालयका राज्यमन्त्री समक्ष उनीहरूले माग पुरा गर्न ज्ञापन पत्रसमेत पेस गरेका छन्।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुवराज आचार्यले स्वास्थ्य राज्यमन्त्री नवराज रावतसमक्ष ज्ञापनपत्र पेश गरिएको बताए।

मन्त्रालय समक्ष उनीहरू ४ बुँदे माग पुरा गर्न आग्रह गरेका हुन्।

जोखिममा काम गरे वापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड विमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारिहरूलाई भूक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधी खरिद खर्च, दशै खर्चलगायत सेवा सुविधा २०७७ असोज मसान्तसम्मको भुत्तानी हुनुपर्ने माग राखेका छन्।

‘वीर अस्पतालको साखलाई माथि उठाउन गरिब, दिनदुखी, निमुखा जनताको पहुँच पुग्ने गरी सहज, सरल सर्वसुलभ र गुणस्तरीय पूर्ववत सेवाहरू तत्काल सञ्चालन गरिनु पर्नेछु, ज्ञापन पत्रमा भनिएको छ, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानतर्फ सेवारत कर्मचारी, स्वास्थ्यकर्मीको अवकासपछि प्राप्त हुने सेवा सुविधा र मासिक तलब भत्ता सम्बन्धमा सरकार नै उत्तरदायी हुनपर्छ।’

हाल सञ्चालनमा रहेको राष्टिय ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, वीर अस्पताल इमर्जेन्सी ट्रमा सेन्टरका रुपमा सञ्चालन हुनुपर्ने माग उनीहरूको छ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष आचार्यले आन्दोलनको सम्बोधन नभएमा तिहारपछि कडा आन्दोलन हुने कुरा राज्यमन्त्री समक्ष ब्यक्त गरेको गरेको बताए।

आचार्यको अनुसार राज्यमन्त्रीले रावलले सकेसम्म माग पुर गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय