नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या दुई लाख नजिक, थप २२ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७ सय ३६ कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

हाल देशभर ३ हजार ८ सय ३५ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा ८ सय ५३ जनाले संक्रमण जितेका छन्।

योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप २२ संक्रमितले ज्यान गुमाएका छन्। नेपालमा योसँगै ज्यान गुमाउने संक्रमितको संख्या १ हजार १ सय ४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय