स्वास्थ्यकर्मी युनियनका सहसचिव गौरीशंकर देवको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

कोरोना संक्रमण पुष्टि भएका नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव गौरीशंकर देव स्वास्थ्यवस्था गम्भीर बनेपछि भेन्टिलेटर भर्ना भएका छन्।

कोरोना संक्रमणको लक्षण देखिपछि देवको बिराटनगरस्थित नोबल अस्पतालमा उपचाररत रहेको युनियनका अध्यक्ष उज्ज्वल कुमार शर्माले बताए।

श्वासप्रश्वासमा समस्या देखिएपछि देव आइतबारदेखि आइसियुमा भर्ना भएका थिए।

अवस्था गम्भीर हुँदै गएपछि उनीलाई आज बिहानबाट भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको छ।

‘कोरोना रोकथाम तथा उपचारमा काम गर्दा गर्दै एक स्वास्थ्यकर्मी संक्रमित हुन्छ। आफैले अस्पतालमा दैनिक ८० हजारभन्दा बढी तिरेर उपचार गर्नुपरेको छ,’ शर्माले भने, ‘नागरिकको सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई त सरकारले उपचार गर्न सक्दैन भने आम नागरिकले कसरी सेवा पाउँछन्।’

देव हाल कल्याणपुर नगरपालिका सिराहमा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत थिए।

कोरोना उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण दिनहुँ बढिरहेको छ। संक्रमणको साथ साथै मृत्यु हुने संख्या बृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्यकर्मी संगठनहरूले कोरोना उपचारमा दिन—रात खटेर काम गरिरहेका स्वास्थ्यकर्मीको समस्या समधान गर्न सरकार समक्ष पटक—पटक आग्रह गर्दा पनि सरकार गम्भीर नबनेको गुनासो गरेका छन्।

One thought on “स्वास्थ्यकर्मी युनियनका सहसचिव गौरीशंकर देवको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय