नेपालमा ल्याप्रोस्कोपी सर्जरीको थालनीमा योगदान पुर्‍याउने डा. कर्माचार्यको कोरोनाबाट मृत्यु

नेपालमा ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपी सर्जरीको थालनी र विकासका लागि योगदान दिएका डा. श्याम कर्माचार्यको निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएका डा. कर्माचार्य कार्तिक ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए।

८३ वर्षिय डा.कर्माचार्यमा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारको क्रममा उनको २२ गते निधन भएको हो। उनी मधुमेह, मुटु समस्याबाट ग्रसित थिए।

बरिष्ठ स्त्री रोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कर्माचार्यको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको बताउँछन्।

उनले ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपी सर्जरीको थालनी तथा विकासका लागि भारतलगायत देशबाट विशेषज्ञ ल्याएर तालिम, सेमिनार ञ्चालन गरी ठूलो योगदान पुर्‍याएको डा। गौतम बताउँछन्।

उनी काठमाडौं अस्पतालका अध्यक्ष तथा मेडिकल सामग्री सप्लायर्स राचेल इन्टरनेशनलका सञ्चालकसमेत हुन्।

‘नेपाली डाक्टरहरूलाई विदेशमा तालिम लिन पठाउने, नेसोगलगायत प्रोफेसनल सोसाइटीको कन्फरेन्समा लाइभ डेमोस्ट्रेसन गराउनेलगायत विभिन्न सहयोग गर्ने गरेका थिए,’ डा। गौतमले हेल्थपोस्ट सँग कुरा गर्दै भने, ‘बिरामीको सेवाको लागि नाफा—फाइँदाको कुरा नगरी व्यवस्थापन गर्नुहुन्थ्यो।’

‘मृत्यु्पछि उहाँको अभाव स्वास्थ्य क्षेत्रमा खड्किरहने छ। काम गर्दा केही समान चाहिँयोभन्दा ठ्याक्कै पुर्‍याइदिए उहाँको एकदमै राम्रो बानी थियो डा. गौतम सम्झिन्छन्।

डा. गौतमले उनको निधनप्रति दुस्ख व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय