सुसाइड नोट लेखेर बेपत्ता भएका डा. झा काभ्रेमा भेटिए

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २५ गते १४:०२

सुसाइड नोट लेखेर बेपत्ता भएका डेन्टल सर्जन डा. दिगाम्बर झा काभ्रेमा भेटिएका छन्।

भक्तपुरको राधेराधेबाट हराएका डा. झालाई प्रहरीले काभ्रेको भुल्लु गाउँपालिका १० मा भेटाएको होे।

आफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीयले प्रहरीले उनलाई भेटाएको बनेपा प्रहरी विटका एसपी रवि पौडेलले जानकारी दिए।

‘उहाँ गाडीमा झोकराएर बसेको अवस्थामा फेला पारिएको छ,’ एसपी पौडेलले भने, ‘थप अनुसन्धानको लागि हामीले उहाँले प्रहरी कार्यलय लेराउँदै छौ।’

डा. झाको राधेराधेमा द डेन्टल सिटी नामक क्लिनिक थियो ।

डा. झाले सुसाइड नोटमा आफ्नो पारिवारिक समस्याका कारण मृत्यु गर्न लागेको उल्लेख गरेका थिए।

‘बुबा, आमा र बहिनीले श्रीमतीलाई कुट्न दबाब दिने गरेका थिए,’ सुसाइड नोटमा उनले भनेका छन्,‘आमा, बाबु र बहिनीकै कारण आत्महत्या गर्न बाध्य भएको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय