डेन्टल सर्जन डा. दिगाम्बर झा सुसाइड नोट लेखेर बेपता

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २५ गते १३:१८

डेन्टल सर्जन डा. दिगाम्बर झा सुसाइड नोट लेखेर बेपत्ता भएका छन्।

डा. झाले मगंलबार बिहान फेसबुक मार्फत ‘ म आत्महत्या गर्न गइरहेको छ’ु आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गरेर सम्पर्क विहीन भएका हुन्।

उनको फोन तथा गाडी टे«सिङ गर्दै जाँदा पछिल्लो समय पौनती आसपास रहेको प्रहरीले जनाएको छ। डा.झाले प्रयोग गर्ने बा १६ च ८६७९ नम्बरको गाडी काभ्रेको पनौती क्षेत्रबाट फेला परेको प्रहरीले जनाएको छ।

बनेपा प्रहरी विटका एसपी रवि पौडेलले डा. झाको खोजी कार्य भइरहेको बताए।

‘हामीले खोजी कार्य जारी राखेका छौं। उहाँको फोनको लोकेसन पनौती साइडमा देखिएको छ,’ पौडेलले भने,‘ उहाँको आफन्त तथा प्रहरी टिमले खोजी गरिरहेकोे छ।’
उनी भक्तपुरमा सिटि डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका छन्।

डा. झाले सुसाइड नोटमा आफ्नो पारिवारिक समस्याका कारण मृत्यु गर्न लागेको उल्लेख गरेका छन्।

‘बुबा, आमा र बहिनीले श्रीमतीलाई कुट्न दबाब दिने गरेका थिए,’ सुसाइड नोटमा उनले भनेका छन्,‘आमा, बाबु र बहिनीकै कारण आत्महत्या गर्न बाध्य भएको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय