कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु
रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
लुम्बिनी सास्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकिमा कार्यरत सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमण बाट मृत्यु भएको हो।
रुपन्देहिमा कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।
सङ्क्रमणपछि उपचारको क्रममा भैरहवा स्थित भिम अस्पतालमा सिअनमी गुरुङ मृत्यु भएको अस्पतालकि मेसु सकुन्तला गुप्ताले जानकारी दिइन ।
१८ गते अस्पतालमा भर्ना भएकि मृतकमा निमोनिया देखिएको थियो । उनलाई प्लाज्मा थेरापि दिएको भएपनि बचाउन नसकिएको मेसु गुप्ताले बताइन ।
गुरुङ बुद्धको जन्मस्थल लुम्बिनीको पुर्वि गेटतर्फ रहेको पुरानो बजार महिलवारकि बासिन्दा हुन ।
उनी २० बर्षदेखि स्वास्थ्य सेवामा कार्यरत रहेकी थिईन ।