रेडक्रसका पूर्वकेन्द्रीय सदस्य नेपालको कोरोना संक्रमणबाट मृत्यु

नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणका कारण सोमबार राति मृत्यु भएको छ।

केही दिन अघि संक्रमण पुष्टि भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल लगिएको थियोे । उनको उपचारका क्रममा राति ११ः४५ मा निधन भएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

झापा हल्दिबारी गाउँपालिका-४ का स्थायी घर भएका ७२ वर्षीय नेपाल लामो समय रेडक्रस झापाको सभापति रहेका थिए।

शिक्षण पेसा र लोकतान्त्रिक आन्दोलनमासमेत महत्वपूर्ण भूमिका निर्वाह केही समययता राजनीति र सामाजिक सेवामा सक्रिय थिए।
यस्तै,  झापामा सोमबार राति नै थप एक संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६ की ६८ वर्षीया देवीमाया रेग्मी रहेकी छिन्। उनको घरैमा मृत्यु भएको हो।

उनलाई केही दिनअघि उपचारका लागि नोवेल हस्पिटल विराटनगर लगिएको थियो। उनको आइतबार पिसिआर रिपोर्ट पोजेटिभ आएको थियोे।

कचनकवलमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए।

कोरोनाकै कारण झापा मेचीनगरका अर्का एक जनाको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर २ का ८६ वर्षीय काफ्ले थरका वृद्ध छन्। उनको पनि विराटनगरको नोवेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मेचीनगरमा ७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय