पत्ता लाग्यो कोरोना भाइरस विरुद्धको भ्याक्सिन

कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी भ्याक्सिनले ९० प्रतिशतभन्दा बढी मानिसलाई संक्रमणबाट बचाउन सक्ने प्रारम्भिक विश्लेषणले देखाएको छ।

भ्याक्सिन विकासकर्ता कम्पनीहरू फाइजर र बायोएन्टेकले त्यसलाई विज्ञान र मानवताका लागि ठूलो उपलब्धी भनेका छन्।

उनीहरूले विकास गरेको भ्याक्सिन ६ मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिँदा कुनै सुरक्षा समस्या देखिएन।

यी कम्पनीहरूले यसै महिनाको अन्त्यसम्ममा प्रयोगमा ल्याउन आकष्मिक स्वीकृतिका लागि आवेदन गर्ने योजना बनाएका छन्।

अमेरिकी कम्पनीहरूको यो आविष्कारले चिकित्सा विज्ञान क्षेत्रमा यतिबेला भित्रभित्रै ठूलै चर्चा पाइसकेको छ। र, आउने वसन्त ऋतुसम्ममा यसको व्यापक प्रयोगबाट विश्वभर जनजीवन सामान्य अवस्थामा फर्किने आँकलन गरिएको छ।

यद्यपि, त्यसको व्यापक सर्वसुलभता कम्ति चुनौतिपूर्ण भने छैन।

‘म सायद आत्मविश्वासका साथ भन्नसक्छु, त्यसले काम गर्नेछ,’ अक्सफोर्ड युनिभर्सिटीका चिकित्सा विज्ञान प्रध्यापक सरजोन बेलले भने,  ‘यो भ्याक्सिनले संक्रमण भइसकेकालाई उचित उपचार गर्नुका साथै प्रभावकारी रोकथामसमेत गरेर अहिले मानवजातीमाथि थोपरिएका सारा बन्देज  हटाउने विश्वास गरिएको छ।’

हाल विश्वभर कोरोना भाइरसविरुद्धका करिब दर्जन भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन्। तर, फाइजरको र बायोएन्टेक नै सबैभन्दा प्रभावकारी नतिजा प्रमाणित गर्ने सवालमा पहिलो बनेका छन्।

भाइरसको जेनेटिक कोड प्रयोग गरेर इम्युन सिस्टमलाई संक्रमणविरुद्ध लड्न तयार गराउने पद्धतिबाट यो भ्याक्सिनको विकास गरिएको हो। बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय