चितवनमा १२६ संक्रमितको मृत्यु, कार्तिकमा मात्रै ४० जनाले ज्यान गुमाए

चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ। बाहिरी जिल्लाबाट उपचारका लागि जटिल खालका बिरामी आउन थालेपछि पछिल्ला दिनमा मुत्यु हुने क्रम बढेको हो।

नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार पछिल्ला दुई महिनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। कार्तिकमा मात्रै जिल्लामा ४० जनाले ज्यान गुमाएका छन्।

त्यस्तै असोजमा ३०, भदौमा १५, असार र जेठमा एकरएक जनाको मृत्यु भएको कालीबहादुर गणका क्याप्टेन कौशल कार्कीले जानकारी दिए।

जिल्लामा हालसम्म १ सय २६ जना कोरोना भाइरसबाट मृत्यु भएको छ। जसमध्ये चितवनका मात्रै ६९ जना रहेका छन्।

बाहिर जिल्लाका ५७ जनाले ज्यान गुमाएको कार्कीले बताए। अहिले जिल्लामा सरदर दैनीक दुईजनाको संक्रमणबाट मृत्यु हुने गरेको उनको भनाइ छ। जिल्लामा हालसम्म १४ जिल्लाका संक्रमितको मृत्यु भएको छ।

गणका अनुसार मृत्यु भएकाहरूमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी ९त्रिवेणी सुस्तापूर्व० का रहेका छन्। त्यहाँका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी मकवानपुरका १२, नवलपरासी सुस्ता पश्चिमका आठ, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एकरएक जनाको जिल्लाका विभिन्न अस्पतालमा मृत्यु भएको हो।

मृत्यु भएका मध्ये १ सय १७ जनाको सेनाले शव व्यवस्थापन गरेको छ। चितवनमा नौ दिनको नवजात शिशुदेखि १ सय ८ वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको छ।

लकडाउन खुकुलो भएसँगै मृत्युहुनेको संख्या बढ्दै गएको भरतपुर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा।प्रमोद पौडेलले जानकारी दिए। मानिसहरू बजारमा स्वास्थ्य सावधानी नअपनाई हिड्ने गरे र अस्पतालमा मृत्युदर बढिरहेकोभन्दै उनी चिन्ता व्यक्त गर्छन्।

चितवन जिल्लामा सोमबार साँझसम्म ५ हजार १० जना संक्रमित फेला परेका छन्। भरतपुर अस्पतालमा आएका मध्ये ७ प्रतिशतको मृत्यु भएको पौडेलले बताए। तर, मृत्युदरको हिसाबले चितवनमा २ प्रतिशत छ। देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०।५५ प्रतिशत मात्रै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय