देशभर २५७१ संक्रमित थपिए, थप १८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ५ सय ७१ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ।

आजसम्म कूल १ लाख ९७ हजार २४ जनामा कोरोना पुष्टि भइसकेको छ।

सोही समयमा १ हजार ७ सय ९८ जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ रहेको छ।

आज थप १८ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार १ सय २६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय