बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचारत एकजना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षीय पुरुषको आज बिहान ६:०५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

गत २२ गते स्वास्थ्यमा समस्या देखिएपछि लअस्पताल पुगेक उनीमा  कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएसँगै कोरोना बिशेष अस्पतालमा भर्ना गरि उपचार गरिएकोमा आज बिहान उनको मृत्यु भएको अस्पतालका सुचना अधिकारि डा. विष्णु गौतमले जानकारी दिए।

उनीमा कोरोना संक्रमणसहित मिर्गौला र पित्तको समेत समस्या रहेको डा. गौतमले बताए।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय