डा. दामोदर बसौला स्वास्थ्य बिमा बोर्डको निर्देशकमा नियुक्त

सरकारले स्वास्थ्य बीमा बोर्डको निर्देशकमा डा. दामोदर बसौलालाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले डा बसौलालाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ८ जनाको निवेदन परेको थियो। तर, मन्त्रीपरिषद्मा तीन जनाको नाम मात्र सिफारिस गरिएको थियो।

लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको समितिले डा. बसौला, डा. कृष्ण अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

दिल्लीको सांघिया युनिभर्सिटीबाट बीमामा पीएचडी गरेको डा. बसौला पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका एसोसिएट प्रोफेसर रहेका छन्।

यसअघि पनि बीमा बोर्डको कार्यकारी निर्देशकका लागि उनले निवेदन दिएका थिए।

बिमा बोर्डको निर्देशकको समयवधि ४ बर्षको हुनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय