कोरोना संक्रमणले थप २१ जनाको मृत्यु, संख्या १ हजार १ सय ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट आइतबार थप २१ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमितको मृतक संख्या १ हजार १ सय ८ पुगेको मन्त्रालयको तथ्यांक छ।

नेपालमा आइतबार देशभर २ हजार ८ सय १७ जनामा कोरोना पुुष्टि भएको छ। १२ हजार ३ सय ११ जनामा गएको पिसिआर परीक्षणमा २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा संक्रमण देखिएको छ। आइतबार

काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना संक्रमित थपिएका छन्।

आज देश संक्रिय संक्रमित ३५ हजार ४ सय १९ रहेका छन्।

मन्त्रालयका अनुसार १ हजार १ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।

डा. गौतमका अनुसार आज २ हजार ८ सय १२ जना संक्रमण मुक्त भएका छन्। हालसम्म १ लाख ५७ हजार ९ सय ३६ जना संक्रमण मुक्त भएका छन्।

कुल संक्रमित मध्ये ८१ दशमलव १ प्रतिशत निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय