कोरोनाबाट २५ वर्षीया ल्याब टेक्निसियनकाे मृत्यु

कोरोनाबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया स्वास्थ्यकर्मीको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

सतासी पोलिक्लिनिकमा ल्याब टेक्निसियनको रुपमा कार्यरत सिर्जना काफ्लेलाई केही दिन अघि दमकको लाइफलाइन हस्पिटलमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रधानध्यापको मृत्यु
कोरोना संक्रमणबाट अर्जुनधारा माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक बस्नेतको निधन भएको छ ।

अहिलेसम्म झापाका ६६ जनाले कोरोनाका कारण ज्यान घुमाइसकेका छन् ।

प्रधानाध्यापक बस्नेतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले जानकारी दिए ।

तस्बिर परिवारको स्वीकृतिमा राखिएको हो

One thought on “कोरोनाबाट २५ वर्षीया ल्याब टेक्निसियनकाे मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय