पूर्व गाविस सचिवसहित झापामा दुई संक्रमितको मृत्यु

हेल्थपोस्ट/झापा
प्रकाशित
२०७७ कार्तिक २३ गते १४:५४

कोरोना संक्रमणका कारण झापामा आइतबार पूर्वगाविस सचिवसहित दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ का ६३ वर्षीय कुमुदचन्द्र झा र अर्जुनधारा नगरपालिका ६ की ८१ वर्षीया खरेल थरकी बृद्धा छन्।

झा भद्रपुर जेसिजका पूर्वअध्यक्ष समेत हुन्। नेपाल जेसिजको पूर्वराष्ट्रिय उपाध्यक्षको जिम्मेवारी निर्वाह रहेका झाले लामो समय गाविस सचिव भएर राष्ट्रसेवा गरेका थिए। कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा उनको पिसिआर परीक्षण गरिएको थियो।

मृत्यु भएपछि अस्पतालबाट मगाइएको रिपोर्टमा कोरोना संक्रमण देखिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए।

अर्जुनधारा ६ का  वडाध्यक्ष लोकनाथ गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने वृद्धाको विराट मेडिकल कलेज विराटनगरमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो। उनको घरमा नै मृत्यु भएको हो।

आजसहित झापाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय