स्वास्थ्य चौकीको छानो हावाले उडाएको ७ महिना भयो, मन्दिरबाट सेवा

बारा जिल्लाको परवानीपुर गाउँपालीका वडा नम्बर ५ बहु्अरी टोलमा रहेको स्वास्थ्य चौकी भवन मर्मत नहुँदा समस्या हुन्थलेको छ।

गत वर्षको चैत्र महिनामा आएको हावाहुरीले स्वास्थ्य चौकीको छानो उडाएको थियो। छानो उडाएको ७ महिना बित्दा पनि सरोकारवाला निकायले मर्मत गरेका छैनन्।

भवन मर्मतका लागि गाउँपालीकाका अध्यक्ष, वडा अध्यक्षलगायतका पदाधीकारीहरूलाई पठक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नै नभएको स्वास्थय चौकीका इन्चार्ज हरिओम साहले बताए।

हावाहुरीले चौकीको छानो उडाए लगतै गाउँपालीका अध्यक्ष नेतृत्वको टोलीले स्थलगत निरीक्षणसमेत गरेको थियो। सात महिना वित्दा पनि मागको सुनुवाइ नभएर आस्वासन मात्रै पाइनेगरेको शाहले गुनासो गरे।

आफुहरूले केही समय रुखमुनी बसेर स्वस्थ्य सेवा दिएको र त्यसपछि वडास्थित शिव मन्दिरको एउटा कोठाबाट सेवा प्रवाह गरिरहेको उनले बताए।

औषधिलगायत स्वास्थ्य सामग्रीहरू राख्ने ठाउँको अभावले सेवाग्राहिलाई स्वास्थ्य सेवा दिन कठिनाइ भइरहेको उनको दुखेसो छ। खुल्ला स्थानमा विशेष गरि गर्भवती महिलाहरूलाई सेवा दिन निकै गाह्रो भइरहेको उनको भनाइ छ।

त्यसैगरि स्वास्थ्य चौकीमा कार्यालय सहयोगी नभएकाले सरसफाई लगायतका कामहरू हुन नसकेकाले पनि समस्या भोग्नु परेको उनको गुनासो छ।

सेवा प्रवाह गर्ने स्थान अप्ठ्यारोमा रहेकाले जेष्ठ नागरीक, विकलाङ्गहरू र महिलालाई समस्या भएकोले उनीहरू स्वस्थ्य सेवाका लागि आउन नै छोडेको साहको भनाइ छ।

यस विषयमा गाउँपालीका अध्यक्ष हरिनारायण साहसँग बुझ्दा उनले चालु आर्थिक वर्षभित्र नयाँ स्वस्थ्य चौकी भवन निर्माण समपन्न हुने बताए। सो वडाका अध्यक्ष रामेश्वर साह कलवारले पनि नयाँ भवन निर्माणको बजेट बिनियोजन भइसकेले छठ पर्वपछि काम अगाडी बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय